काठमाडौं- एमजी ब्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी आइएम–सिक्स नेपालमा सार्वजनिक हुने भएको छ ।
नेपालका लागि एमजी ब्रान्डको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले भोलि साउन १५ गते बिहीबार एक समारोह गरी औपचारिक सार्वजनिक गर्न लागेको हो।
कम्पनीले उक्त कार्यक्रमलाई ‘इंटेलिजेन्ट इलेक्ट्रिक प्रिमियम अर्बन एसयूभी’ को रूपमा उद्घाटन गर्ने तयारी गरेको जनाएको छ। कार्यक्रममा विभिन्न अटोमोबाइल विज्ञ, व्यवसायी, सञ्चारकर्मी तथा पाहुनाहरूको उपस्थिति रहनेछ।
आइएम–६ को प्रिमियम आरडब्लुडी भेरियन्टमा ७५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। जसले ६२५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यसको पर्फमेन्स एडब्लुडी भेरियन्टमा भने १०० किलोवाटको ब्याट्री दिइएको छ जसले ८०२ किलोमिटर रेन्ज दिन्छ। आइएम–६ फास्ट चार्जरको सहायताले चार्ज गर्दा १२ मिनेटमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ
प्रतिक्रिया