काठमाडौं- नेपालमा लिपमोटरको आधिकारिक आयातकर्ता सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी१० को स्निक प्रिभ्यु कार्यक्रम आयोजना गरेको छ । उत्तरढोकास्थित कम्पनीको शोरूममा भएको कार्यक्रममा मिडिया प्रतिनिधिहरू र अटो पारखीहरूमाझ यो प्रतिक्षित इलेक्ट्रिक गाडीको पहिलो झलक देखाइएको छ ।
नेपालमा पहिलो पटक भित्र्याउन लागिएको लिपमोटर बी१० ले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ। ६७.१ किलोवाट आवर ब्याट्री सहितको यो मोडलले एकपटक चार्ज गर्दा ४६० किमी (डब्लुएलटीपी) सम्मको रेन्ज दिन्छ। यसमा जडान गरिएको १६० किलोवाट मोटरले पावर र स्पिडलाई सन्तुलनमा राख्छ भने युरो एनक्यापको ५–स्टार सेफ्टी रेटिङले यात्रुको सुरक्षामा प्राथमिकता दिन्छ।

स्निक प्रिभ्यु कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ्ग प्रत्यक्ष अनुभव गर्न पाए, जसले नेपाली ईभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
लीपमोटर बी१० को औपचारिक लन्च तथा मूल्य सार्वजनिक आगामी साउन २१ देखि २५ सम्म हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा गरिनेछ। यद्यपि मूल्य घोषणा उक्त कार्यक्रममा गरिने भए पनि लिपमोटर बी१० को मूल्य ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउनेछ।
साङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, “आजको स्निक प्रिभ्यु कार्यक्रम, यो गाडीले के दिन सक्छ भन्ने कुराको झलक मात्र हो । डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर बी१० साँच्चिकै ‘पर्फेक्ट १०’ हो। हामी यसलाई सार्वजनिक रूपमा नाइमा एक्सपोमा प्रस्तुत गर्न उत्साहित छौं र यसले नेपाली ग्राहकको ईभीप्रति सोचाइ नै परिवर्तन गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।”
गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले सधैं नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको बताएको छ। पुजो, सिटून र लिपमोटर जस्ता ब्रान्डहरू समेटेको यस कम्पनीले स्मार्ट र वातावरणमैत्री गाडीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता लिएको छ।
प्रतिक्रिया