नाइमा मोबिलीटी एक्स्पोमा सनलङका ‘यू वान’ र ‘यू टु’ माइक्रोभ्यान सार्वजनिक हुने

विहीबार, १५ साउन २०८२, ११ : ३२

काठमाडौं- चिनियाँ कमर्शियल भेहिकल ब्राण्ड सनलङका दुई इलेक्ट्रिक माइक्रोभ्यान यही साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक हुने भएका छन् ।

वेबर ग्रुप अन्तर्गतको ब्लू कर्पोरेशन प्रालिले सनलङको १२ सिटे यू वान र १३ सिटे यू टु माइक्रोभ्यान सार्वजनिक गर्न लागेको हो । 

यी माइक्रोभ्यानहरूमा ८० किलोवाटको मोटर रहेको यी भ्यानहरूको रेन्ज यू वान ३२५ र यू टु ३५० किलोमिटरको रहेको छ ।१५ इन्चको ह्वील रहेको सनलङको माइक्रोभ्यानमा १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।

सनलङको यो माइक्रोेभ्यानमा एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कण्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा, फ्रन्ट पावर विण्डो लगायत फिचर छन् ।

सुरक्षाका लागि यी भ्यानहरूमा एबीएस, ईबीडी, ईपीएस, ईएससी, ब्रेक असिस्ट, फ्रन्ट डिस्क एण्ड रियर ड्रम ब्रेकिङ सिस्टम, सिटबेल्ट वार्निङ आदि फिचर रहेको छ ।

ब्लू कर्पोरेशनले १२ सिटे सनलङ यू वानको मूल्य ४७ लाख ४७ हजार र १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ तोकेको छ ।

 
विहीबार, १५ साउन २०८२, ११ : ३२

प्रतिक्रिया