होण्डा डिओ १२५ स्कूटर बन्यो ५३०० मिटर उचाइमा पुग्ने नेपालकै पहिलो स्कूटर

विहीबार, १५ साउन २०८२, १२ : ४८

काठमाडौं— नेपालको मोटरिङ इतिहासमा पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा) सम्मको दुर्गम यात्रा सफलतापूर्वक पूरा गरेको छ। नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रा।लि। को सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत यो कीर्तिमानी यात्रा सम्पन्न गरेको हो।

शहरी यात्राका लागि निर्माण गरिएको स्कूटरले हिमाली भूपरिधिमा देखाएको प्रदर्शनले नेपाली स्कूटर यात्राको सीमा पुनः परिभाषित गरेको स्याकार ट्रेडिङको भनाइ छ। काठमाडौंबाट शुरु भएको यात्रा जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङला पाससम्म पुगेको थियो, जसमा ढुंगे बाटो, खोला, बगर र अक्सिजनको न्यूनता जस्ता कठिनाइहरू पार गरिएका थिए।

यात्रामा डिओ १२५ को १२३.९२ सीसी बीएस सिक्स इन्जिन, ईएसपी, साइलेन्ट स्टार्ट एसीजी, आइडेलिङ स्टप सिस्टम, कम्बाइन्ड ब्रेकिङ सिस्टम लगायतका अत्याधुनिक प्रविधिले ठूलो सहयोग पुर्‍याएको बताइएको छ। साथसाथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री(स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट र बृहत बुट स्पेस जस्ता सुविधाले स्कूटरलाई कठिन भूभागमा पनि सहज बनाएको उल्लेख छ।

नेपाल एट्थ वन्डर टोलीका अनुसार, यो यात्रा केवल स्कूटरको क्षमता परीक्षण मात्र नभई एक प्रेरणादायी सन्देश पनि हो । उनीहरु भन्छन्– “यदि तपाईंको साथमा सही सोच, समर्पित टोली र एक भरोसायोग्य सवारी छ भने, कुनै पनि दुर्गम गन्तव्य टाढा हुँदैन । यो यात्रा नेपाली मोटरिंग इतिहासकै एक प्रेरक अध्याय बन्न पुगेको छ । होण्डा डिओ १२५ अब केवल सिटी स्कूटर नभएर, गन्तव्य भन्दा पर पुग्न तयार ‘मिशन कम्प्लीट’ सवारी प्रमाणित भएको छ ।”

५७ वर्षदेखि नेपालमा होण्डा मोटर कम्पनीको आधिकारिक वितरकका रूपमा क्रियाशील स्याकार ट्रेडिङ कम्पनीले यस सफलतालाई नेपाली भूगोल, साहसिकता र होण्डा इन्जिनियरिङको उत्कृष्ट सम्मिश्रणको रूपमा व्याख्या गरेको छ। 

कम्पनीले भविष्यमा पनि नेपाली सडक, मौसम र यात्राको आवश्यकतालाई ध्यानमा राखी गुणस्तरीय सवारी साधन उपलब्ध गराउँदै जाने प्रतिबद्धता दोहोर्‍याएको छ।

 
विहीबार, १५ साउन २०८२, १२ : ४८

प्रतिक्रिया