धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

शुक्रबार, १६ साउन २०८२, १२ : ५६

वीरगञ्ज (पर्सा) - पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ द प्रतिशत उजुरी फछ्र्योट गरेको छ । 

उक्त कार्यालयले अघिल्लो आव २०८०÷८१ को तुलनामा गत आवमा समग्रमा ५७  दशमलव ९२ प्रतिशत बढी उजुरी फछ्र्योट गरेको हो । कार्यालयले अघिल्लो आवमा ५८ दशमलव ३२ प्रतिशत उजुरी फछ्र्योट गरेको थियो ।

कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षमा दर्ता भएका उजुरी फछ्र्योटलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । 
रासस

शुक्रबार, १६ साउन २०८२, १२ : ५६

प्रतिक्रिया