काठमाडौं–नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (NAS-IT) ले आफ्नो आधिकारिक साइबर सुरक्षा समिति गठन गरेको छ । यस समितिको स्थापना नेपालको डिजिटल क्षेत्रलाई उच्च स्तरको सुरक्षित, सुदृढ र भविष्यका लागि तयार बनाउन सहयोग पुर्याउने उद्देश्यले गरिएको हो ।
यस समितिमा साइबर सुरक्षा विज्ञहरू र NAS-It सदस्य कम्पनीहरूका प्रतिनिधिहरू संलग्न छन् । समितिका सदस्यहरूको सामूहिक लक्ष्य नेपालमा साइबर सुरक्षालाई सुधार गर्नु हो ।
NAS-It बोर्ड अन्तर्गत सञ्चालन हुने यो समितिले निजी क्षेत्र र बृहत् प्राविधिक समुदायभित्र व्यावहारिक र महत्वपूर्ण गतिविधिहरू को नेतृत्व गर्नेछ ।
प्रतिक्रिया