काठमाडौं–हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली. ले हुण्डाई फेस्टिभ डिलाइट–२०८१ को विजेता घोषणा गरेको छ ।
विजेता कुबेर कन्सट्रक्सन प्रा.लि. लाई बम्पर उपहार स्वरुप ब्राण्ड न्यू हुण्डाई भेन्यू १.२ प्रदान गरिएको हो । दशैं र तिहारमा द फेस्टिभ डिलाइट–२०८१ को क्याम्पेन सुरु गरिएको हो । यो क्याम्पेन २०२४ को अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको थियो ।
यसमा क्यास डिस्काउट, नगद एक लाखसम्मको स्क्र्याच कार्ड, एक वर्षे सडक कर, एक वर्षको इन्स्योरेन्स र पुरानो सवारी–साधन सट्टापट्टा कारोबार गर्दा बोनस सुविधा समेत समावेश गरिएको छ ।
प्रतिक्रिया