नेपालमा एथर ‘रिज्टा’ सार्वजनिक हुँदै

शनिबार, १७ साउन २०८२, १२ : ४८

काठमाडौं— भारतको प्रसिद्ध इलेक्ट्रिक स्कुटर निर्माता एथर एनर्जीको लोकप्रिय मोडेल ‘रिज्टा’ अब नेपाली बजारमा प्रवेश गर्न लागेको छ। 

नेपालको लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले साउन २१ गते (अगस्ट ६) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एथर रिज्टाको औपचारिक सार्वजनिक घोषणा गर्नेछ।

भारतमा स्मार्ट मोबिलिटीको परिभाषा नै बदल्न सफल एथर रिज्टाले उच्च प्रविधि, उत्कृष्ट प्रदर्शन, व्यवहारिक डिजाइन र पारिवारिक सुरक्षालाई समेटेको छ। कम्पनीका अनुसार, नेपाली सडक र परिवारलाई ध्यानमा राखी विशेष डिजाइन गरिएको रिज्टा केवल स्कुटर मात्र नभई, आधुनिक जीवनशैलीको अभिन्न हिस्सा हो।

वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत  सूर्यांश वैद्यले भने,'रिज्टा केवल स्कुटर होइन, यो स्मार्ट मोबिलिटी समाधान हो, जुन धेरै नेपालीहरूका लागि उपयुक्त छ। द्धछण् सिरिजको सम्पूर्ण प्रविधिलाई सरल र सुलभ बनाउँदै ल्याइएको यो मोडेलले नेपालमा दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेतृत्व लिन मद्दत गर्नेछ।'

एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रङहरूमा उपलब्ध हुनेछ। यसमा उच्च क्षमताको मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी, थप स्टोरेज स्पेस लगायतका विशेषताहरू समावेश छन्। एथरको प्रमाणित प्लेटफर्ममा आधारित यस स्कुटरले प्रयोगकर्तालाई उच्चस्तरीय अनुभव दिने अपेक्षा गरिएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताले स्कुटरको प्रत्यक्ष अनुभव लिन, विस्तृत जानकारी प्राप्त गर्न र अनलाइन तथा साइटमा बुकिङ गर्न सक्नेछन्।

एथर रिज्टाको आगमनसँगै नेपाली बजारमा एथरको उपस्थित अझ सशक्त हुनेछ भने नेपाली उपभोक्तालाई इलेक्ट्रीक मोबिलिटीतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

 
शनिबार, १७ साउन २०८२, १२ : ४८

प्रतिक्रिया