काठमाडौं– सामसङ नेपालले ग्यालेक्सीको नयाँ पुस्ता जेड फोल्ड ७ र जेड फ्लिप ७ स्मार्टफोनको प्रि-अर्डर खुला गरेको छ।
कम्पनीले साउन २२ गतेदेखि साउन २९ गतेसम्मको अवधिमा यी अत्याधुनिक फोल्डेबल डिभाइसहरू प्रि-अर्डर गर्न सकिने जानकारी दिएको छ।
ग्लोबल अनप्याक्ड इभेन्टपछि नेपाली बजारमा ल्याइएका यी नयाँ मोडलहरू अल्ट्रा-पातलो, हलुका तथा स्मार्ट ए.आइ. विशेषतासहित प्रस्तुत भएका छन्। ग्यालेक्सी जेड फोल्ड७ ले अझै पातलो र हलुका डिजाइनमा प्रिमियम डिस्प्ले, उन्नत क्यामेरा र ए.आइ. प्रविधिको संयोजन गरेको छ। खोल्नेबित्तिकै ठूलो स्क्रिनले मल्टीटास्किंग, कार्यक्षमता र इन्ट्युटिभ इन्टरफेसलाई नयाँ स्तरमा पुर्याउने कम्पनीको दाबी छ।
त्यस्तै ग्यालेक्सी जेड फ्लिप ७ खल्तीमै अट्ने, तर फ्ल्यागशिप स्तरको परफर्मेन्स दिने डिजाइनमा तयार गरिएको छ। यसमा अब ४.१-इन्चको ठूलो फ्लेक्सविन्डो कभर स्क्रिन छ, जसले फोन नखोलीकनै विभिन्न विजेट र एप्सहरूसँग इन्टरेक्ट गर्न सकिने बनाएको छ। क्यामेरा बेझेल पनि घटाएर १.२५ मिमीमा झारिएको छ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजन निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गरेको छ। ग्यालेक्सी एआइ र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ।”
प्रि-अर्डरका लागि इच्छुकले https://www.samsungcampaigns.com मा गएर रु ५,००० अग्रिम भुक्तानीसहित दर्ता गर्न सक्नेछन्। दर्तापछि प्राप्त हुने OTP (One-Time Password) को माध्यमबाट ग्राहकहरूले स्टोरमा आफ्नो खरिद प्रमाणित गरी फोन प्राप्त गर्न सक्नेछन्।
नेपालमा यी डिभाइसहरू हाल २५६GB स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछन्।
प्रतिक्रिया