एक वर्षमा वाणिज्य बैंकहरूको करिब २ खर्बको सेयर कारोबार, कुन बैंकको कति ?

आइतबार, १८ साउन २०८२, १० : ३६

काठमाडौं- गत आर्थिक वर्ष २०८१(८२ मा वाणिज्य बैंकहरुको १ खर्ब ९१ अर्ब २८ करोड बराबरको कारोबार भएको छ ।

नेप्सेमा सूचिकृत १९ वाणिज्य बैंकहरुको ६ करोड ५३ लाख ५१ हजार कित्ता सेयर  २२ लाख ६३ हजार ४२० पटक किनबेच हुँदा उक्त रकम बराबरको सेयर कारोबार भएको हो।

कारोबार रकमका आधारमा कुमारी बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको २ लाख ७४ हजार ८०४ कित्ता सेयर २१ अर्ब ९६ करोड ८० लाखमा कारोबार भएको छ ।

१५ अर्ब ७३ करोड ९४ लाख कारोबारसहित प्रभु बैंक दोस्रो नम्बरमा छ । तेस्रोमा ग्लोबल आइएमई  बैंक रहेको छ । यो बैंकको १३ अर्ब ४४ करोड ६ लाखको सेयर कारोबार भएको छ । 

चौथोमा एनआईसी एसिया बैंकको कारोकार १३ अर्ब ११ करोड ६८ लाख रुपैयाँको छ । ११ अर्ब ७० करोड १२ लाख कारोबारसहित नबिल बैंक पाँचौं नम्बरमा छ ।

सबैभन्दा कम कारोकार हिमालयन बैंकको भएको छ । यो बैंकको गत आर्थिक वर्षमा ५ अर्ब ६१ करोड ७९ लाखको कारोबार भएको छ ।

यसैगरी कृषि विकास बैंकको ६ अर्ब ५० करोड ७१ लाख, एभरेष्ट बैंकको ११ अर्ब ४९ करोड ४४ लाख, सिटिजन्स बैंकको ५ अर्ब ८७ करोड ६ लाख , लक्ष्मी सनराइज बैंकको १० अर्ब ९८ करोड ५५ लाख, माछापुच्छ्रे बैंकको ७ अर्ब ३५ करोड ६ लाख, नेपाल बैंकको ८ अर्ब ३४ करोड ३ लाखको सेयर कारोबार भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ११ अर्ब २६ करोड २३ लाख, नेपाल एसबीआई बैंकको ८ अर्ब ९० करोड १५ लाख, एनएमबि बैंकको ६ अर्ब १३ करोड ९४ लाख, प्राइम बैंकको ८ अर्ब ८२ करोड, सानिमा बैंकको १० अर्ब ६५ करोड ३४ लाख, सिद्धार्थ बैंकको ६ अर्ब ७१ करोड ४४ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६ अर्ब ६४ करोड २३ लाख बराबरको सेयर कारोबार भएको छ ।
 

 
आइतबार, १८ साउन २०८२, १० : ३६

प्रतिक्रिया