विद्युत बिक्री आम्दानी घट्दा बुद्धभुमि नेपाल हाइड्रोको नोक्सानीमा वृद्धि

सोमबार, १९ साउन २०८२, ११ : २५

काठमाडौं- बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको नोक्सानी बढेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनी १ कराड ४९ लाख रुपैयाँ नोक्सानीमा थियो। 

कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड ८८ लाख रुपैयाँबाट घटेर १४ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनकिो कुल नाफा १४ करोड १ लाख रुपैयाँबाट १३ करोड ६२ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने ६ करोड २७ लाख रुपैयाँबाट बढेर ७ करोड २६ लाख रुपैयाँ पुगेको छ।

गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ १४ पैसा रहेको छ। ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ १० करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

 
सोमबार, १९ साउन २०८२, ११ : २५

प्रतिक्रिया