नेपाल बैंकका ग्राहक तथा कर्मचारीले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा छुट पाउने

सोमबार, १९ साउन २०८२, १७ : १३

काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा मिति २०८२ साल श्रावण १९ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा. लि.को तर्फबाट ल्याव निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा (क्बmउभि अयििभअतष्यल को लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र औषधी खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको ७ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्नेछन् ।  

                                                 


                                                 
  
 

 
सोमबार, १९ साउन २०८२, १७ : १३

प्रतिक्रिया