एनएमबि बैंकद्वारा नेपाल प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

बुधबार, २१ साउन २०८२, १२ : ३४

काठमाडौं— मनसुनको मौसममा देखा पर्ने आकस्मिकता तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै, एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उद्धार सामग्री नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।

आज (मंगलवार) काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङले नेपाल प्रहरीका प्रवक्ता एवं अतिरिक्त महानिरीक्षक श्री टेकबहादुर तामाङलाई उद्धार सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे।

उक्त सामग्रीहरूमा १६ व्यक्तिको क्षमता भएको सेल्फ-लेभलिङ राफ्ट, लाइफ ज्याकेटहरू, र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन्। मनसुनको समयमा बाढी, डुवान तथा अन्य जलजन्य विपद्का सम्भावना उच्च हुने भएकाले यस्तो सहयोगले प्रहरीको उद्धार कार्यक्षमतामा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ।

एनएमबि बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापनजस्ता विभिन्न क्षेत्रहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर योगदान दिँदै आएको छ। यस प्रकारको सहयोगबाट समुदायप्रति बैंकको प्रतिबद्धता झल्किने विश्वास बैंकले व्यक्त गरेको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ।

 
बुधबार, २१ साउन २०८२, १२ : ३४

प्रतिक्रिया