काठमाडौं— नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अटोमोबिलिटी प्रदर्शनी "नाइमा नेपाल मोबिलिटी एक्स्पो 2025” काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
पाँच दिनसम्म चल्ने यो एक्स्पोमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानीय ब्रान्डहरूको सहभागिता रहनेछ। एक्स्पोमा इलेक्ट्रिक सवारी, हाइब्रिड प्रविधि, र पर्यावरणमैत्री मोबिलिटी समाधानहरू सार्वजनिक गरिनेछ।
यसै अवसरमा, TVS Motor Company ले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कन्सेप्ट मोटरसाइकलहरू, ICE इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरूको नयाँ सिरिज औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ।
टिभीएसको स्टल एल३ए (हल B) मा प्रस्तुत गरिने नयाँ मोडलहरूमा विशेष रूपमा: Ronin, Apache RTR Series, Smart Electric Scooter iQube, तथा विश्वासिलो Jupiter लगायतका अत्याधुनिक दुईपांग्रे सवारी साधनहरू प्रदर्शनीमा रहनेछन्।
साथै, ब्रान्डको नवप्रवर्तनमा प्रतिबद्धता झल्काउने कस्टम बाइक र भविष्यलाई लक्षित कन्सेप्ट बाइकहरू पनि पहिलो पटक आम दर्शकमाझ प्रस्तुत गरिनेछ। TVS Stall मा आउने सबै दर्शकहरूले: रमाइलो अनुभवका साथै, दैनिक लक्की ड्रमार्फत आकर्षक उपहार, रजिस्ट्रेसन गर्ने हरेक सहभागीलाई TVS प्रिमियम हेल्मेट पाउने अवसर प्राप्त गर्नेछन्।
साथै, TVS का सम्पूर्ण उत्पादनहरूमा लाइफटाइम वारन्टी योजना यो वर्षको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिनेछ।
प्रतिक्रिया