काठमाडौं– प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागी भई नेपालको दिगो मोबिलिटी भविष्यप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।
कार्यक्रममा कम्पनीले नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरूको घोषणा गर्दै देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ ।
यस वर्षको सुरुवातमा, मलेसियाको पहिलो विद्युतीय सवारी प्रोटोन इमास ७ नेपाल निर्यात गरेर इतिहास रचिएको थियो, यो मोडलले मलेसियामा आफ्नो सेगमेन्टमा नम्बर १ इभीको स्थान हासिल गरिसकेको छ ।
जगदम्बा मोटर्सले अटोमोबाइल उद्योगमा १४ वर्षभन्दा बढीको अनुभव बटुलेको छ, सन् २०१८ को नोभेम्बरदेखि नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ । सन् २०२५ सकिँदासम्म देशभर १२ वटा सोरूम र सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना कम्पनीको छ । ताकि प्रोटोनका गाडी र सेवा नेपालभर सहज रूपमा उपलब्ध गराउन सकियोस् । जसमध्ये हाल ३ वटा शोरुमबाट ग्राहक सेवा प्रदान भइरहेको छ ।
शंकर ग्रुपमार्फत व्यापक इभी इकोसिस्टम निर्माण गर्न विभिन्न पहलहरू गरिएको छ, जसअन्तर्गत निम्न सेवाहरू उपलब्ध गराइनेछनः
यी व्यवस्था ग्राहकका सबै आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने र सेवा प्रदानमा उच्चतम स्तर कायम राख्ने उद्देश्यले तयार गरिएको हो ।
एक्स्पोमा विशेष रूपमा घोषणा गरिएका प्रारम्भिक अफर:
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने- 'प्रोटोन एमास ७ को आगमन र हाम्रो सेवा सञ्जालको विस्तारसँगै, हामी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौं ।'
जगदम्बा मोटर्स नवीन प्रविधियुक्त सवारीहरू जस्तै प्रोटोन इमास ७ नेपाली बजारमा ल्याउन र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।
प्रतिक्रिया