काठमाडौं- कामना सेवा विकास बैंकले कमलादी, काठमाडौं स्थित स्काई वाक टावरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतापछि बैंकका कर्मचारी र ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा स्काई वाक टावरको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काई वाक टावरका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन्।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया