काठमाडौं- डोङफेङ ग्रुपको स्वामित्वमा रहेको फरथिङ ब्राण्ड आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । नाइमा मोबिलिटी एक्स्पो मार्फत फरथिङ ब्राण्डको फ्राइडे एसयूभीको बिक्री सुरू भएको हो ।
‘मेक योर नेक्सट मुभ’ स्लोगन सहित आएको फ्राइडे एसयूभी कम्प्याक्ट सेग्मेन्टमा उपलब्ध छ । हुन्डाई, बीएमडब्लू जस्ता ब्राण्डका गाडीको आधिकारिक बिक्री बितरण गर्दै आएको लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इमोबिलिटीले फरथिङ ब्राण्ड नेपाल ल्याएको हो ।
फरथिङ फ्राइडे एसयूभीको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ । २७१५ एमएम लामो ह्वीलबेस र १८५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एसयूभीको कार्गो स्पेश ४८० लिटर रहेको छ ।
कम्पनीका अनुसार फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले अधिकतम १७४ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा रहेको ब्याट्रीले ११ किलोवाटसम्मको एसी र ८० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ ।
सेग्मेन्टमै अर्को अब्बल फिचर १९ इन्चको अलोय ह्वील पनि हो । निकै स्पोर्टी स्पोइलर, डिफगर, कनेक्ट एलईडी टेललाइट, हाइमाउन्ट ब्रेक लाइट, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा जस्ता फिचर भएको कारण यसलाई चलाउने र देख्ने दुवैले राम्रो प्रतिक्रिया दिन सक्नेछन् ।
यसको क्याबिनमा तीव्र गतिमा मोबाइल चार्ज गर्न ५० वाटको वायरलेस चार्जर, ६० वाटको टाइप सी पोर्ट, सनग्लास होल्डर, रिडिङ लाइट, एसी कन्ट्राल बटम, क्रिस्टल गियर नब, कुल्ड बक्स पाउन सकिन्छ । यसका अलावा ८।८ इन्चको इन्फर्मेशन डिस्प्ले, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, सफ्ट टच क्याबिन र १० तरिकाले मिलाउन सकिने ड्राइभर सिटले ग्राहक तान्न सक्छ ।
फ्राइडे एसयूभीमा सुरक्षाको लागि ६ वटा एयरब्याग, ब्रेकिङ प्रायोरिटी सिस्टम, तत्कालै रोक्न परेको खण्डमा अटोमेटिकल्ली बुस्ट ब्रेकिङ दिइएको छ । हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, अटो होल्ड, टायर प्रेसर मोनिटरिङ सिस्टम पाउन सकिन्छ । यसमा फ्रन्ट पार्किङ राडारको साथ एडास २.० प्रयोग भएको छ ।
रियर मिरर हिटिङ, अटोमेटीक फोल्ड, ६०र४० स्प्लीट गर्न मिल्ने पछाडिको सिट र तीन ड्राइभिङ मोड पाउन सकिन्छ । यसमा इको, स्टायण्डर्ड र स्पोर्ट ड्राइभ मोड दिइएको छ । अर्को, ठूलो कुरा यसमा स्पेयर टायर पनि आउँछ ।
कम्पनीले सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको यसको टप भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया