काठमाडौं— २०२५ अगस्ट ६ विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड YADEA को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले Yadea Velax Series नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ सँगै सार्वजनिक गरिएको यो नयाँ श्रृङ्खलाले प्रदर्शन, स्मार्ट फिचर र दैनिक जीवनको सहजतामा आधारित इलेक्ट्रिक मोबिलिटीमा नयाँ युगको सुरुवात गरेको छ।
तीन मोडेल, फरक पहिचान
Velax Series को हरेक मोडेल फरक आवश्यकतालाई सम्बोधन गर्दै बनाइएको छ ।
४.९ kW मोटर र ७४V २०Ah डुअल लिथियम–आयन ब्याट्रीको साथमा यो मोडेलले १४० किमी सम्मको रेञ्ज दिन्छ र ८० किमी/घण्टाको टप स्पिडमा दौडन्छ।
३.२ kW मोटर र ७६V ३०Ah ब्याट्रीसहित, यो मोडेल २० मिनेटमै ८०% चार्ज हुन सक्छ र ११० किमी सम्मको दूरी तय गर्न सक्षम छ।
दैनिक प्रयोगका लागि डिजाइन गरिएको यो मोडेल ३.२ kW मोटर र ७२V ३०Ah ब्याट्रीसहित १०० किमी सम्मको रेञ्ज प्रदान गर्दछ।
स्मार्ट प्रविधिका साथ स्मार्ट यात्रा
Velax Series मा आधुनिक सवारीका लागि आवश्यक प्रबिधिहरू समेटिएका छन्:
ग्यारेन्टी र सेवा नेटवर्क
Velax मोडेलहरूमा ३ वर्ष वा ३०,००० किमी को वारेन्टी उपलब्ध छ। कुजु नेपालले देशभरका १२ भन्दा बढी आधिकारिक डिलरहरू मार्फत टेस्ट राइड, प्रि-बुकिङ र फाइनान्सिङ सुविधा सुरु गरिसकेको छ।
“Velax Series सँग हामी नेपाली प्रयोगकर्तालाई अझ बढी शक्ति, प्रविधि र सुविधासँग सुसज्जित स्कुटर प्रदान गर्दैछौं,” कुजु नेपालले जनाएको छ। “तेज चार्जिङ, विश्वस्त रेञ्ज, र प्रिमियम सुविधासँग अब Velax हरेक घरको आवश्यकतामा फिट हुन्छ।”
विश्वका १०० भन्दा बढी देशमा ७ करोडभन्दा बढी प्रयोगकर्ताहरूसँग याडिया ब्रान्डले विश्वव्यापी अग्रणी भूमिका खेल्दै आएको छ। नेपालमा Velax Series को आगमनसँगै, कुजु नेपालले अन्तर्राष्ट्रिय स्तरको इलेक्ट्रिक सवारी साधनलाई नेपाली सडकमा पुर्याएको छ।
प्रतिक्रिया