जगदम्बा मोटर्सद्धारा १४ र १९ सिटे इलेक्ट्रिक भ्यान सार्वजनिक

विहीबार, २२ साउन २०८२, १३ : ३३

काठमाडौं- जगदम्बा मोटर्सले १४ र १९ सिट क्षमतामा दुई नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ ।

कम्पनीले बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पोमा फारिजोन ब्राण्ड १९ सिटे र चेरीवान्डा ब्राण्डको १४ सिटे इलेक्ट्रिक माइक्रोभ्यान नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीले फरिजोन–१९ सिटर भ्यानको मूल्य ७६ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

१७० किलोवाटको मोटर रहेको यस भ्यानमा सीएटीएलको ५३.५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । जसले एकपटको फुलचार्जमा ३०० किमी रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।

फारिजोन इलेक्ट्रिक माइक्रोबसको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ । सुरक्षाका लागि एयरब्याग, एबीएस, ईबीडी, हिल होल्ड, ३६० डिग्री क्यामेरा, एडास, एभास जस्ता फिचर छन् ।

 
विहीबार, २२ साउन २०८२, १३ : ३३

प्रतिक्रिया