पुरानो लाभांश लिन सेयरधनीलाई सानिमा बैंकको आग्रह

शनिबार, २४ साउन २०८२, ११ : ४१

काठमाडौं- सानिमा बैंक लिमटेडले पुरानो लाभांश लिन बाँकी आफ्ना सेयरधनीलाई आग्रह गरेको छ । बैंकले ५ वर्ष पुरानो लाभांश लिन सम्पर्कमा आउन सेयरधनीहरुलाई आग्रह गरेको हो । 

साधारणसभाबाट लाभांश पारित भएको मितिले ५ वर्षसम्म पनि लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । लाभांश नलिएका सेयरधनीहरूको विवरण बैंकले आफ्नो वेबसाइटमा पनि राखेको जानकारी दिएको छ।

 
शनिबार, २४ साउन २०८२, ११ : ४१

प्रतिक्रिया