नेपालमा एफ७७ म्याक २ रेकन सार्वजनिक, उच्च प्रदर्शनका इलेक्ट्रिक मोटरसाइकल युगको सुरुवात

शनिबार, २४ साउन २०८२, १२ : १०

काठमाडौं — भारतको उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपालमा आधिकारिक प्रवेश गरेको छ।

कम्पनीले काठमाडौंमा जारी NAIMA Mobility Expo 2025 मा आफ्नो फ्ल्यागशिप मोडल F77 Mach 2 Recon सार्वजनिक गर्दै नेपालका लागि केडिया इन्टरनेशनल प्रालिलाई आधिकारिक वितरक नियुक्त गरेको हो।

एफ७७ म्याक २ रेकनका मुख्य विशेषताः

  • पावर: ४०.२ एचपी (३० किलोवाट)

  • टर्क: १०० एनएम

  • टप स्पीड: १५५ किमि/घन्टा

  • एक्सिलरेशन: ०–६० किमि/घन्टा २.८ सेकेन्डमा

  • रेन्ज: ३२३ किलोमिटर (IDC)

  • ब्रेकिङ: १० लेवल रेजेनेरेटिभ ब्रेकिङ, बोश ABS

  • मोडहरू: Glide, Combat, Ballistic

यो मोटरसाइकल लडाकु विमानबाट प्रेरित डिजाइन, स्मार्ट टेक्नोलोजी, र पाँच तहको ब्याट्री सुरक्षा प्रणालीसहित आएको छ। १०.३ kWh क्षमताको ब्याट्रीमा अधिकतम ८ वर्ष वा ८ लाख किलोमिटरको वारेन्टी सुविधा उपलब्ध छ। विशेष अफर र गिफ्ट NAIMA Mobility Expo अवधिमा खरिदकर्ताले १२ महिना सम्म ०% ब्याजमा वित्तीय सुविधा, सवारीसाथ एक्सचेन्ज गर्दा १ लाख रुपैयाँ छुट, तथा अग्रिम २ लाख रुपैयाँ तिरेर बाँकी रकममा सहज किस्ताको सुविधा पाउनेछन्।

स्टल C1 मा आउने एक भाग्यशाली दर्शकले प्रिमियम Shark Helmet जित्ने अवसर पाउनेछन्, साथै प्रत्येक आगन्तुकका लागि गिफ्टहरू पनि उपलब्ध हुनेछन्। अल्ट्राभायोलेटका अनुसार एफ७७ म्याक २ रेकन नेपालका प्रदर्शन–केन्द्रित र वातावरण–सचेत राइडरका लागि उत्कृष्ट विकल्प हुनेछ।

 
 
शनिबार, २४ साउन २०८२, १२ : १०

प्रतिक्रिया