नाइमा मोविलिटी एक्स्पोमा ‘माज्दा सीएक्स–६०’ सार्वजनिक

शनिबार, २४ साउन २०८२, १६ : ४७

काठमाडौं- नाइमा मोविलिटी एक्स्पोमा पारामाउन्ट मोटर्सले माज्दा सीएक्स–६० लन्च गरेको छ । कम्पनीले अटो एक्स्पोमा यसीएक्स–६० को बिक्री सुरु गरेको हो ।

सीएक्स–६० मोडल अल ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध भएको छ ।

४५५० एमएम लामो, १८४० एमएम चौडा र १६६० उचाइ रहेको सीएक्स ६० को मूल्य १ करोड ५१ लाख रुपैयाँ राखेर बिक्री सुरु गरेको हो ।

माज्दाले सीएक्स ६० मोडलमा २.५ लिटर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १८५ ब्रेक हर्स पावर प्रदान गर्छ । यसको पीकटर्क २५० न्यूटन मिटर टर्क रहने छ ।

यसको इन्टेरियर निकै प्रिमियम लाग्छ । १८० किलोमिटर प्रतिघन्टाको टप स्पीड रहेको सीएक्स ६० एसयूभीमा सुरक्षा फिचर पनि थुप्रै छन् । यसमा ६ एयरब्याग, भेहिकल स्टेविलिटी कन्टोल, ३६० डिग्री क्यामेरासँगै सेन्सरहरुको प्रयोग गरिएको छ ।

शनिबार, २४ साउन २०८२, १६ : ४७

प्रतिक्रिया