काठमाडौं– नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी “NAIMA Nepal Mobility Expo 2025” मा विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्डहरू बेनेली र मोर्बिडेलीले आफ्नो शानदार प्रदर्शन र आकर्षक अफरहरूसहित राइडिङ प्रेमीहरूलाई मन्त्रमुग्ध पारेका छन्।
बेनेलीले आफ्नो 125cc Panarea स्कुटरमा रु ५०,००० को विशेष छुट र अन्य मोडलहरूमा रु १ लाखसम्मको नगद छुटको घोषणा गरेको छ। यी आकर्षक अफरहरूले ग्राहकहरूमा उत्साह थपेको छ र बेनेलीको स्टलमा भीड बढ्दै गएको छ। मोर्बिडेलीको साहसिक नवप्रवर्तनमोर्बिडेलीले यो एक्स्पोमा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू – T250X र T352X – पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरेको छ।
यी मोटरसाइकलहरू विशेष रूपमा एड्भेन्चर राइडिङका लागि डिजाइन गरिएका छन्, जसले शक्ति, शैली र टिकाउपनको उत्कृष्ट संयोजन प्रदान गर्छन्। यी मोडलहरूले दर्शक र ग्राहकहरूबाट व्यापक प्रशंसा प्राप्त गरेका छन्, जसले नेपाली राइडिङ संस्कृतिमा नयाँ आयाम थप्ने संकेत गरेको छ। राइडिङ सपना साकार गर्ने अवसरNAIMA Nepal Mobility Expo 2025 मा बेनेली र मोर्बिडेलीको स्टलहरू राइडिङ प्रेमीहरूका लागि प्रमुख आकर्षण बनेका छन्। नवीनतम प्रविधि, स्टाइलिश डिजाइन र आकर्षक अफरहरूले भरिपूर्ण यी ब्रान्डहरूले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह भरेका छन्।
“हामी नेपाली राइडरहरूको जोश र उत्साहलाई सम्मान गर्छौं। बेनेली र मोर्बिडेलीले NAIMA Nepal Mobility Expo 2025 मा आफ्नो उत्कृष्ट मोटरसाइकलहरू र विशेष अफरहरू प्रस्तुत गर्न पाउँदा गर्व गर्छौं,” बेनेली र मोर्बिडेलीको नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले भने।
मोर्बिडेलीको स्टल नं. C5 मा आगन्तुकहरूले निःशुल्क टेस्ट राइड, विशेष छुट, र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया