नाइमा मोबिलिटी एक्स्पोमा एनटॉर्क डिस्क एफआई स्कूटरको नयाँ रङहरू सार्वजनिक

आइतबार, २५ साउन २०८२, १२ : ३६

काठमाडौं- नवीनता, उत्कृष्ट इन्जिनियरिङ, र ग्राहक केन्द्रित सेवाका लागि परिचित टिभिएस नेपालले, नाइमा मोबिलिटी एक्स्पो २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटॉर्क डिस्क एफआई स्कूटरको नयाँ कलर भ्यारीएन्ट सार्वजनिक गरेको छ। 

एनटॉर्क डिस्क एफआई स्कूटर स्टल नम्बर एल३ए, हल बी मा तर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षक रङ्गहरु सार्वजनिक गरेको हो । 

आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटॉर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसलाई संयोजन गरिएको छ । परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ, जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ। रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि–आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यान आकर्षण निश्चित छ।

नेपाली बजारको लागि रु २,८२,९०० मूल्य  निर्धारण गरिएको नयाँ एनटॉर्क डिस्क एफआई भ्यारीएन्टहरुमा  यस सेगमेन्टमै अगाडि रहने विशेषताहरू समावेश गरिएका छन् ।

  • SmartXonnect™ ब्लुटुथ कननेक्टिभिटी
  • टर्न–बाइ–टर्न नेभिगेसनसहितको पूर्ण डिजिटल मिटर
  • उत्कृष्ट ब्रेकिङ नियन्त्रणको लागि अगाडिको डिस्क ब्रेक
  • युएसबी चार्जिङ पोर्ट
  • दैनिक प्रयोगमा सजिलो हुने बाहिरी फ्युल फिलिङ 

शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यो स्कूटरलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको छ। नाइमा मोबिलिटी एक्स्पो २०२५ अटो शोमा सहभागी सबैलाई हल बी को स्टल नम्बर एल३एमा नयाँ एनटॉर्क डिस्क एफआई नजिकैबाट अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ । 
 

 
आइतबार, २५ साउन २०८२, १२ : ३६

प्रतिक्रिया