रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा घिमिरे नियुक्त

सोमबार, २६ साउन २०८२, १६ : ४५

काठमाडौं- रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । 

कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । 

उनलाई साउन २९ गतेबाट लागू हुनेगरी आगामी चार वर्षको लागि सो पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

 
सोमबार, २६ साउन २०८२, १६ : ४५

प्रतिक्रिया