काठमाडौं- मारुती सुजुकीको लोकप्रिय मोडल वागन आरले विश्वभर एक करोड युनिट बिक्रीको आँकडा पार गरेको छ।
सन् १९९३ सेप्टेम्बरमा जापानमा पहिलो पटक लन्च भएको सो कार ३१ वर्ष ९ महिनापछि एक करोड बिक्रीको कीर्तिमानमा पुग्न सफल भएको हो।
वागनआरले १९९९ मा भारतीय बजारमा प्रवेश गरेको थियो। हाल वागनआर ७५ भन्दा बढी देशमा बिक्री भइसकेको छ । वागनआरको सो उपलब्धिमा भारतको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको छ। यसको अग्लो डिजाइनले यसलाई प्रशस्त क्याबिन स्पेस प्रदान गरेको छ, जुन परिवारको लागि उष्कृष्ट सावित भएको छ ।
भारतमा यसलाई १.१ लिटर इन्जिनका साथ प्रस्तुत गरिएको थियो। सन् २०१९ मा आएको नयाँ पुस्ताको वागनआरमा १.० लिटर र १.२ लिटर नेचुरली एस्पिरेटेड इन्जिन विकल्प उपलब्ध गराइएको छ । साथै, सीएनजी इन्जिनको विकल्पले यसको बिक्रीमा थप वृद्धि गरेको छ ।
वागनआर एक ह्याचब्याक कार हो र यो नेपाली बजारमा समेत उपलब्ध छ ।
विद्युतीय कारको क्रेज बढ्नुअघि निकै राम्रो संख्यामा बिक्री हुँदै आएको यस कारको बजार केही समययता भने प्रभावित बनेको छ । यद्यपि नेपाली सडकमा यसको उपस्थिति भने उत्कृष्ट देखिएको छ ।
प्रतिक्रिया