काठमाडौं- Great Wall Motors (GWM) Nepal ले NAIMA को पहिलो Mobility Expo 2025 मा आफ्नो विश्वप्रसिद्ध TANK ब्रान्डको भव्य शुभारम्भ गरेको छ।
अफ–रोडिङमा शक्ति, नवीनता र प्रिमियम SUV निर्माण कलाको प्रतीक मानिने TANK ब्रान्ड अन्तर्गत नेपालमा पहिलोपटक TANK 500 PHEV र TANK 300 HEV मोडेल सार्वजनिक गरिएको हो।
GWM को TANK Series ले चीनको Chengdu Auto Show 2021 बाट सुरुवात गर्दै Indonesia, Thailand, Malaysia, South Africa, Australia, र New Zealand लगायतका बजारमा उल्लेखनीय सफलता प्राप्त गरेको छ। हालसम्म करिब ४ लाख युनिट बिक्री गर्दै विश्वव्यापी अफ–रोड प्रेमीहरूको मन जितेको यस ब्रान्डको नेपाल प्रवेशले यहाँको SUV बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।
नेपालमा उपलब्ध TANK 300 र TANK 500 मा अत्याधुनिक २.० लिटर टर्बो पेट्रोल HEV र PHEV इन्जिन तथा ९-स्पीड अटोमेटिक ट्रान्समिसन (HI4-T) प्रयोग गरिएको छ।
TANK 300 HEV: ३५१ PS पावर, ६४८ NM टर्क — मूल्य: रु. १,५९,९९,०००
TANK 500 PHEV: ४०८ PS पावर, ७५० NM टर्क — मूल्य: रु. २,१५,९९,०००
कम्पनीका अनुसार यी गाडीहरू कठिन अफ–रोड बाटोदेखि लिएर शहरका चिकना सडकसम्म सहज गतिमा चल्ने गरी डिजाइन गरिएको छ। TANK केवल गाडी मात्र नभई जीवनशैलीको एउटा चुनाव भएको GWM Nepal ले जनाएको छ।
प्रतिक्रिया