प्रभु बैंकका ग्राहक तथा कर्मचारीले अन्नपूर्ण न्यूरो हस्पिटलको सेवामा छुट पाउने

विहीबार, २९ साउन २०८२, १६ : ०१

काठमाडौं- महानगरपालिका, वडा नं. ११, बबरमहलमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतासँगै प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो छुट सेवासुविधा अन्नपूर्ण न्यूरो हस्पिटलमा प्राप्त गर्न सकिनेछ । 

उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो  हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटिङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरेका छन् ।  

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत् सेवा दिँदै आएको छ । प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड २०२४ अवार्डबाट पनि सम्मानित भएको छ । 

 
विहीबार, २९ साउन २०८२, १६ : ०१

प्रतिक्रिया