सेरेस ब्रान्ड : विद्युतीय सवारी साधनको क्षेत्रमा उदाउँदै गरेको नाम

शुक्रबार, ३० साउन २०८२, १० : ०७

काठमाडौं– सेरेस केवल अर्को विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड नभएर यो नवीनता, स्मार्ट प्रविधि र तीव्र विश्वव्यापी विस्तारको प्रेरणादायक उदाहरण हो। प्रविधिको मुटु मानिने सिलिकन भ्यालीमा स्थापना भएको सेरेसले अत्याधुनिक प्रविधिलाई इन्टेलिजेन्ट डिजाइनसँग संयोजन गरी आजको संसारको आवश्यकता पूरा गर्ने सवारीसाधनहरू निर्माण गर्दछ।

सेरेसले छोटो समयमै विश्वभरका ७० भन्दा बढी देशहरूमा आफ्नो सञ्चालन विस्तार गर्न सफल भएको छ। यो युरोपेली बजारमा आधिकारिक रूपमा प्रवेश गरी प्रतिस्पर्धा गर्ने पहिलो चिनियाँ ईभी ब्रान्ड बनेको छ, जसले विश्व मञ्चमा चिनियाँ अटोमोटिभ नवीनताको ऐतिहासिक क्षणलाई चित्रण गर्दछ। ‘ब्राण्ड फाइनान्स’को २०२३ को विश्व अटोमोटिभ र्याङ्किङ अनुसार, यो कम्पनी चीनका शीर्ष ५०० उद्यममध्ये एकको रूपमा रहेको छ भने विश्वका सबैभन्दा छिटो विकास गर्ने कार ब्रान्डमध्येमा पर्दछ।

सेरेसको सबैभन्दा लोकप्रिय मोडेलमध्ये एक अवार्ड विजेता सेरेस 3 को संचालन इण्डोनेशिया, हङकङ, रूस र नर्वेजस्ता देशहरूमा सुरु भइसकेको छ। केवल इण्डोनेशियामै सेरेस 3 ले"Favorite Car Launch", "Most Affordable Car" र "Favorite Commercial Vehicle" गरी तीन प्रमुख पुरस्कार जितेको छ । यी पुरस्कारहरूले विश्वभरका उपभोक्ताहरूले यो ब्रान्डमा देखाएको विश्वास र रुचिलाई स्पष्ट पार्दछन्।

आर्थिक हिसाबले पनि सेरेस मजबुत छ। सेरेस ग्रुपले यस वर्षको पहिलो त्रैमासिकमा १० करोड अमेरिकी डलरभन्दा बढी नाफा कमाएको छ, जसले यसलाई हाल नाफामा रहेका केवल दुई चिनियाँ कार कम्पनीमध्ये एक बनाएको छ। कम्पनीले सन् २०२६ सम्म M6, M7, M8 र M9 नामका नयाँ मोडेलहरू ल्याउँदै आफ्नो विद्युतीय सवारीसाधनको लाइनअप विस्तार गर्ने योजना बनाएको छ। साथै, सुरक्षित, किफायती र वातावरणमैत्री विद्युतीय सवारीसाधन बनाउनका लागि सोडियम ब्याट्री प्रविधिको विकासमा पनि सेरेस सक्रिय छ।

सेरेसले आफ्नो रणनीतिक कार निर्माण साझेदारको रूपमा हुवावेसँग नजिक रहेर सहकार्य गरिरहेको छ। कम्पनीले आफ्नो महत्त्वाकांक्षी विश्वव्यापी विस्तार योजनालाई साकार पार्न हङकङमा ठूलो स्तरको सेयर सूचीकरणको तयारी गरिरहेको छ। नेपालमा सेरेसले चुनौतीपूर्ण कोरला सीमा पार गर्ने पहिलो विद्युतीय सवारीसाधनको रूपमा इतिहास रचेको छ। यसले आवश्यकता पर्दा कठिन भौगोलिक परिस्थितिमा पनि क्षमता देखाउन सकिने प्रमाण दिएको छ। हाल नेपालका सडकहरूमा ५०० भन्दा बढी सेरेस कारहरू चलिरहेका छन्।

प्रविधिको मजबुत जग, स्पष्ट ग्लोबल भिजन र प्रमाणित क्षमतासहित सेरेस विद्युतीय सवारीसाधन मात्र निर्माण गरिरहेको छैन, यसले विश्वभर स्मार्ट मोबिलिटीको भविष्य बनाइरहेको छ।
 

 
 
 
शुक्रबार, ३० साउन २०८२, १० : ०७

प्रतिक्रिया