काठमाडौं–फोटोन यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति जनाउन तयार छ, जुन आगामी अगस्ट १९ देखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । यस वर्ष फोटोनले सबै अटोप्रेमी, व्यवसायी तथा एडभेन्चरसिकरहरूलाई आफ्नो आधिकारिक स्टलहरू फोटोन टुन ल्यान्डपिकअपका लागि स्टल नम्बर A7 र फोटोन ईभी भ्यान तथा सोकोनसिरिजका लागि स्टल नम्बर J4 र J6 मा आमन्त्रण गरेको छ ।
फोटोनको स्टलमा आगन्तुकहरूले अत्याधुनिक यूनिट्रीह्युमानोइडसँग प्रत्यक्ष संवाद गर्दै उन्नत रोबोटिक्स प्रविधिको नजिकबाट अवलोकन गर्न र यसको अद्भुत क्षमताहरू प्रत्यक्ष देख्नसक्ने छन् । स्टल A7 मा आगन्तुकहरूले नेपालको आइकनिक फोटोन टुन ल्यान्ड पिकअप हेर्न सक्नेछन्, जसले २३ दिनमा नै देशका ८ वटा सबैभन्दा चुनौतीपूर्ण अफरोड गन्तव्यहरूमा यात्रा पूरा गरेर इतिहास बनाएको छ ।
शक्तिशाली इन्जिन, उच्च ग्राउन्डक्लियरेन्स र कठिन परिस्थिति झेल्न सक्ने मजबूत सस्पेन्सनसहित टुनल्यान्ड पिकअप डाँडाकाँडा देखि हिलाम्मे निर्माणस्थलसम्म सजिलै पार गर्न सक्षम छ । यसको डिजाइनले मजबुती र आराम दुवैलाई अभिव्यक्त गर्दछ, जसले यसलाई व्यक्तिगत तथा व्यावसायिक प्रयोगका लागि उत्कृष्ट युटिलिटी पिकअप बनाउँछ ।
यसका तीन मोडल प्रदर्शनमा रहनेछन्, जसमा प्रमुख मोडल टुनल्यान्ड G7 पनि छ । आगन्तुकहरूले शक्तिशाली टुनल्यान्ड G7 डिजेलको अनुभव गर्नुका साथै टुनल्यान्ड सिरिजका दुई नयाँ दमदार मोडलको पहिलो झलक पाउने छन्, साथै अन्य मोडलहरू पनि अवलोकन गर्न सक्नेछन् । स्टल J4 मा फोटोनले आफ्नो सवारी–साधनहरूको लाइनअप प्रदर्शन गर्दैछ, जसमा माउन्टेन ईभी र TM1 मोडलहरू पनि समावेश छन् । स्टल J6 मा सोकोनले आफ्नो विद्युतीय भ्यान प्रस्तुत गर्दैछ, जुन वातावरणमैत्री यातायात खोज्ने व्यवसायका लागि व्यावहारिक समाधान हो ।
नेपालमा वातावरणमैत्री यातायातको माग तीव्र गतिमा बढिरहेको अवस्थामा, फोटोन र सोकोनका विद्युतीय सवारी–साधनहरू शहरी तथा आसपासका क्षेत्रमा यात्रा गर्नेका लागि उत्तम विकल्प हुन्, जसले आज सहज यात्रा र भोलिको ग्रीन भविष्य सुनिश्चित गर्छन् ।
प्रतिक्रिया