दीपल ब्राण्डको एसयूभी एस–०५ दुई भेरियन्टमा सार्वजनिक, मूल्य ४९ लाखबाट सुरु

शुक्रबार, ३० साउन २०८२, १३ : ४९

काठमाडौं–  नेपाली बजारमा दीपल ब्राण्डको एसयूभी एस-०५ दुई भेरियन्टमा सार्वजनिक भएको छ । चिनियाँ कम्पनी चांगनको उत्पादन दीपल एस(०५ बिहीबारदेखि नेपाली बजारमा बिक्री सुरू भएको हो । 

एमएडब्लू वृद्धिले दीपल ब्राण्डका सवारी नेपालमा २ वर्षदेखि बिक्री गर्दै आएको छ । एमएडब्लूले दीपल एस–०५ दुई भेरियन्टमा उपलब्ध गराएको हो । 

फ्युचरिष्टिक डिजाइन, अत्याधुनिक फिचरले भरिपूर्ण एस–०५ को मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

दीपलले एस-०५ एसयूभीमा सीएटीएलले बनाएको आधुनिक प्रविधिको गोल्डेन सिल्ड २।० ब्याट्री प्रयोग गरेको छ । यो ब्याट्री अझ बढि सुरक्षित र ५ हजार चार्जिङ साइकल भएको कम्पनीको दाबी छ । 

दीपलका अनुसार यो एसयूभीलाई ६ लाख किलोमिटरभन्दा बढी गुडान सकिने छ । साथै यसलाई १५० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।

 
शुक्रबार, ३० साउन २०८२, १३ : ४९

प्रतिक्रिया