काठमाडौं- नेपालले आफ्ना नयाँ मोडलका मोटरसाइकलहरू नजिकबाट अनुभव गर्न बाइकरहरूलाई विशेष टेस्ट राइड कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको छ।
यो कार्यक्रम आइतबार, साउन ३२ गते (अगस्ट १७) बाट बाइकर’स क्याफेमा सुरु हुनेछ। सहभागीहरूले केटीएम मोटरसाइकलको शक्ति, नियन्त्रण र शैलीलाई प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
कम्पनीले टेस्ट राइडपछि सबैलाई निःशुल्क पेयपदार्थ उपलब्ध गराउने बताएको छ। केटीएमले यो कार्यक्रमलाई सबै प्रकारका राइडरहरूका लागि खुला गरेको छ ।
कार्यक्रममा अनुभवीदेखि नयाँ प्रयोगकर्ता सबैले सहभागी हुन सक्नेछन्।
प्रतिक्रिया