काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले सबै चुनौती, अवरोध र प्राकृतिक विपदलाई पार गर्दै नेपालमै पहिलोपटक भविष्यको मोबिलिटी प्रतीक फ्लाइङ ट्याक्सी र अत्याधुनिक ह्युमानोइड रोबोट्स ल्याउन सफल भएको घोषणा गरेको छ।
संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यी प्रविधिहरूलाई काठमाडौंमा सुरक्षितरूपमा भित्र्याइएको छ र आगामी नाडा अटो शो २०२५ मा सार्वजनिक प्रदर्शन गरिनेछ।
१७औं संस्करणको नाडा अटो शो २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुँदैछ। यस प्रदर्शनीमा दर्शकहरूले नेपालकै इतिहासमा पहिलोपटक फ्लाइङ ट्याक्सी र ह्युमानोइड रोबोटलाई प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।
यो संस्करणको अटो शो केवल प्रविधि प्रदर्शनी मात्र नभई देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोण को जीवन्त प्रमाण बन्ने नाडाको विश्वास छ ।
प्रतिक्रिया