कोहली हसिलो र आनन्ददायी मुद्रामा, तर धोनी भने निराश

४ बर्ष अगाडि

एजेन्सी – बस चढेर गन्तब्यमा जाने क्रममा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली हसिलो र आनन्ददायी मुद्रामा थिए । उनले फ्यानहरुलाई हात हल्लाए, केहीलाई अटोग्राफ पनि दिए । 

अर्कोतर्फ भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी भने निराश र चुपचाप थिए । चिच्याइरहेका र हात हल्लाई रहेका फ्यानप्रति उनले कुनै प्रतिक्रिया जनाएनन् र चुपचाप बसमा चढे । 

इङल्याण्डमा जारी विश्वकप क्रिकेट २०१९ मा धोनीले खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । जबकि ‘म्याच फिनिसर’को छबि बनाएका उनीप्रति प्रशंसकहरुको अपेक्षा धेरै थियो । 

अफ्गानिस्तानसँग ५२ बलमा जम्मा २८ रन बनाएपछि धोनीको आलोचना चुलिएको छ । क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरले समेत उनको प्रदर्शनमाथि प्रश्न उठाइसकेका छन् । 

अन्तिम ओभरहरुमा समेत सुस्त गतिमा रन बनाएको र ठूला सट प्रहार गर्न नसकेको भनेर उनको आलोचना भइरहेको छ । जारी विश्वकपमा इङल्याण्डसँग भारतले पहिलो हार ब्यहोरेपछि त उनको झनै बढी आलोचना भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया