काठमाडौं- नाडा अटो शो– २०२५ को पूर्व सन्ध्यामा जि मोटर्स प्रालि स्काईवेलका विद्युतीय सवारीको आधिकारीक वितरकले ‘युरोप टुर फर फ्यामिली’ अफर सार्वजनिक गरेको कम्पनिका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।
उक्त स्किम नाडा अटो शो अवधी भरीमा स्काईवेलको स्टलएच १२ मा भिजिट गरी स्काईवेलका मोडल बुकिङ्ग गर्दा स–परिवार युरोप घुम्ने टुर एबम युरोपमा स्काईवेल टेस्ट ड्राईभ गर्ने अफर प्रदान गर्ने कम्पनीले जनएको छ ।
उक्त अफरमा नाडा(शो अवधीमा बुकिङ्ग गर्ने हरेक ग्राहक लाई एक थान ुडाईमन्ड न्याकलेसु( क्लासिक डाईमन्ड न्युरोड बाट डिजाईन गरिएको प्रदान गर्ने साथै एक जना लक्की ग्राह्कले रोलेक्स घडी जित्ने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज गरी नयाँ गाडी किन्नु हुने ग्राहकलाई थप आकर्षक बोनस रकम प्रदान गरिने भएको छ ।
साथै ८० प्रतिशत प्रतिशत सम्मको न्युन ब्याजदरको लोन अफर र एक आर्थीक बर्षको कर सुविधा प्रदान गर्ने कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जनाएका छन् ।
नेपाली ग्राह्कले युरोपियन बजारमा अत्याधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु–भागमा सहजै यात्रा गर्न सक्नेछन् ।
स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।
प्रतिक्रिया