एनएमबी बैंकले ल्यायो नयाँ अटो लोन योजना, ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने

मंगलबार, ०३ भदौ २०८२, १७ : २१

काठमाडौं- एनएमबी बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३% को आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गर्न सक्नेछन्। बैंकले यो योजना सीमित अवधिका लागि ल्याएको हो र आवेदन प्रक्रिया सहज र लचिलो बनाएको छ।

इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकहरूको लागि एनएमबी बैंकको यो अफर एक राम्रो अवसर हुनेछ। एनएमबी बैंकले यस अफरमार्फत वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ।

बैंकको यो प्रयास दिगो विकासमा टेवा पु‍र्‍याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरु उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो। यस अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं. E-24 मा बैंकका प्रतिनिधिमार्फत लिन सकिनेछ।

एनएमबी बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउण्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।

 
 
मंगलबार, ०३ भदौ २०८२, १७ : २१

प्रतिक्रिया