काठमाडौं- यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्नो प्रमुख मोटरसाइकलहरूका लागि दुई नयाँ भेरियन्टहरू सार्वजनिक गरेको छ। MT-15 V2 अब “ICE STORM” र “Vivid Violet Metallic” भेरियन्टहरू उपलब्ध छ भने FZ-S V3 DLX “ICE FLUO VERMILLION” मा देख्न सकिन्छ।
यो बहुप्रतीक्षित अनावरण भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नं. TW1) मा भएको थियो।
उद्घाटन कार्यक्रममा यामाहाको इनोभेसन, पर्फर्मेन्स र स्टाइलप्रतिको निरन्तरको प्रतिबद्धताको संकेत स्वरूप एमएडब्लु राइड्स प्रा. लि. का अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडाका अध्यक्ष करण चौधरीको उपस्थिती रहेको थियो।
“MT-15 V2 का ‘ICE STORM’ र ‘Vivid Violet Metallic’ भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपेका छन्, भने FZ-S V3 DLX को ‘ICE FLUO-VERMILLION’ भेरियन्टले यामाहाको प्रसिद्ध FZ सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ। यी नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिन्छन्।
यामाहा ब्लु च्याम्बरका आगन्तुकहरूले यी नयाँ मोडेलहरू प्रत्यक्ष हेर्न पाउनुका साथै यामाहाका सम्पूर्ण मोटरसाइकल र स्कूटरको सिरिज अन्वेषण गर्दै निम्नलिखित विशेष नाडा अफरहरूको आनन्द लिन सक्छन्:
यस नयाँ लन्चका बारेमा विष्णु कुमार अग्रवालले भने, “नाडा अटो शो यामाहाका अत्याधुनिक उत्पादनहरू नेपालका मोटरसाइकल प्रेमीहरूसम्म पुर्याउने उत्तम प्लेटफर्म हो। MT-15 V2 र FZ-S V3 DLX का यी नयाँ भेरियन्टहरूले हाम्रो शैली र प्रदर्शनप्रतिको लगाव र यामाहाले सधैं प्रबर्धन गर्ने स्वतन्त्रताको भावना झल्काउँछन्।”
नाडा अटो शो ३ भदौ देखि ८ भदौसम्म सञ्चालन हुनेछ। यामाहा सबै मोटरसाइकल प्रेमीहरूलाई यामाहा ब्लु च्याम्बर (स्टल नं. TW1) मा भिजिट गर्न र “ICE STORM,” “Vivid Violet Metallic” र “ICE FLUO- VERMILLION” लाई प्रत्यक्ष अवलोकन गर्न आमन्त्रित गर्दछ।
एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र देशव्यापी नेटवर्कको साथ दुई-पाङ्ग्रे सवारीका क्षेत्रमा अग्रणी रहँदै आएको छ।
प्रतिक्रिया