नेपाल बैंकका कर्मचारी तथा ग्राहकले ओम अध्याय रिट्रिटमा छुट पाउने

बुधबार, ०४ भदौ २०८२, १० : ४४

काठमाडौं- नेपाल बैंक लिमिटेड र मकवानपुर जिल्लाको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रालिबीच छुट सम्झौता भएको छ । 

बैंकमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूले रिसोर्ट ओम अध्याय रिट्रिटका सेवामा लाग्ने शुल्कमा छुट पाउने सम्बन्धी सम्झौता भएको हो ।  

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिट प्रालिले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।  

सम्झौता पत्रमा भदौ २ गते बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रालिको तर्फबाट निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका हुन् । 

 
बुधबार, ०४ भदौ २०८२, १० : ४४

प्रतिक्रिया