रोमान्चक सेमिफाइनल: ५ मध्ये ३ टोली सेमिफाइनल प्रवेश गर्ने (अंक गणीत प्रतिस्पर्धा)

४ बर्ष अगाडि

काठमाडौँ – विश्वकप क्रिकेट २०१९ अन्तर्गत पहिलो चरणका खेलहरु शनिबार सकिँदैछ । यस्तोमा सेमिफाइनल प्रवेशको अंक गणीतले धेरैलाई रोमान्चक बनाएको छ । 

अहिलेसम्म अस्ट्रेलियाले मात्र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । अस्ट्रेलिया ८ खेलमा ७ जित निकाल्दै १४ अंक जोडेर एक खेल खेल्न बाँकी रहँदै सेमिफाइनल प्रवेश गरेको हो । अब भारत, न्युजिल्याण्ड, इङल्याण्ड, पाकिस्तान र बंगलादेश सेमिफाइनलको प्रतिस्पर्धामा छन् । यी ५ मध्ये ३ टोली सेमिफाइनल प्रवेश गर्ने छन् । 

एक–एक खेल खेल्न बाँकी भारत र न्युजिल्याण्डको समान ११ अंक छ भने इङल्याण्डले १० अंक जोडेको छ । एक खेल खेल्न बाँकी पाकिस्तानको ९ र दुई खेल खेल्न बाँकी बंगलादेशको ७ अंक छ । 

भारत, न्युजिल्याण्ड र इङल्याण्ड बाँकी एक खेल जित्नासाथ सेमिफाइनल प्रवेश गर्ने छन् । तर अन्तिम खेलमा न्युजिल्याण्ड र इङल्याण्ड भिड्ने भएकाले स्पष्ट नतिजा निस्किए र पाकिस्तान र बंगलादेशले बाँकी खेल जिते भने अन्तिम खेल हार्नासाथ  इङल्याण्ड बाहिरिने छ । 

यदि वर्षाका कारण खेल रद्द भए न्युजिल्याण्ड १२ अंकसहित सोझै सेमिफाइनल प्रवेश गर्ने छ भने ११ अंक जोड्ने इङल्याण्डले पाकिस्तान र बंगलादेशको नतिजामा भर पर्नुपर्ने छ ।

पाकिस्तान र बंगलादेशबीच भिडन्त बाँकी नै रहेकाले यी दुईमध्ये एकले मात्र जित्न सक्ने छन् । पाकिस्तान र बंगलादेश बराबरी खेल्नासाथ बाहिरिने छन्, किनकि यी दुई टिमको नेट रनरेट कमजोर छ । दुवै टिम स्पष्ट जित निकाल्न बाध्य छन् । 

बंगलादेश सामु चुनौति बढी छ, उसले अन्तिम दुई खेल भारत र पाकिस्तानसँग छ । भारतसँग त बंगलादेश मंगलबार नै भिड्दै छ । बंगलादेशले भारत र पाकिस्तान दुवैलाई जित्यो र भारत श्रीलंकासँगको अन्तिम खेलमा पनि हा(यो भने समीकरण पुरै उलटफेर हुन्छ । यस्तोमा भारत पनि धरापमा पर्न सक्छ । 

त्यसो हुँदा भारत, इङल्याण्ड र बंगलादेशमध्ये दुई टिम अगाडि बढ्ने छन् । यदि पाकिस्तानले बंगलादेशसँगको अन्तिम खेल जित्यो भने ऊ सेमिफाइनल प्रतिस्पर्धामा अगाडि आउने छ । पाकिस्तानले बंगलादेश र न्युजिल्याण्डले इङल्याण्डलाई जितेको खण्डमा पाकिस्तानको सेमिफाइनल यात्रा सुनिश्चित हुने छ । पाकिस्तान र न्युजिल्याण्ड दुवै सेमिफाइनल पुग्ने छन् । आयोजक इङल्याण्ड लगभग बाहिरिने छ । 

तर इङल्याण्डले जितेको खण्डमा उ सेमिफाइनल प्रवेश गर्ने छ र छनौटका लागि पाकिस्तानले नेट रनरेट मिलाउन ठूलो अन्तरले जित्नुपर्ने छ । उसले नेट रनरेटमा न्युजिल्याण्डलाई पछाडि पार्नु पर्छ । यस्तोमा इङल्याण्डसँग न्युजिल्याण्ड फराकिलो अन्तरले हारे र बंगलादेशलाई फराकिलो अन्तरले हराएमात्र पाकिस्तानको संभावना रहन्छ ।

भारत सुरक्षित अवस्थामा किन छ भने उसले खेल्न बाँकी दुई खेलमध्ये एक वर्षाका कारण रोकिए पनि १२ अंकसहित सेमिफाइनल प्रवेश गर्नेछ । उत्कृष्ट लयमा रहेको भारतले तुलनात्मक रुपमा कमजोर बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ ।   

४ बर्ष अगाडि

प्रतिक्रिया