टाटा मोटर्सद्वारा नाडा अटो शो २०२५ मा नयाँ ईभी मोडल सार्वजनिक, विभिन्न अफर पनि उपलब्ध हुने

बुधबार, ०४ भदौ २०८२, ११ : ५०

काठमाडौं- टाटा मोटर्सले यस वर्षको नाडा अटो शो 2025 मा आफ्नो विद्युतीय सवारीसाधनहरूको नवीनतम श्रृंखला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ। सिप्रदी ट्रेडिङ प्रा. लि. सँगको साझेदारीमा टाटाले Tiago.ev को नयाँ Arizona Blue रंग पहिलोपटक सार्वजनिक गरेको छ।

यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख EV मोडलहरूमा Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev रहेका छन्। यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लूक्स र भविष्य–मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ।

यसै अवसरमा, टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ  :

  • सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क DC Fast Charging
  • आकर्षक Discounts र Best Exchange Valuation
  • ३ वर्षसम्म निःशुल्क Servicing
  • निःशुल्क AutoPlus Insurance
  • निःशुल्क Accessories र १ वर्षको Vehicle Tax
  • घरमै निःशुल्क Charging Station Installation
  • निःशुल्क Embossed Number Plate

यसरी, अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ।

Tata Passenger Electric Mobility Ltd. का इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार, टाटाले यसपटक प्रस्तुत गरेको नवीन EV पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउनेछ।

त्यस्तै, सिप्रदी ट्रेडिङ प्रा. लि. का सिईओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए।

टाटाले यसै अटो शोमा नयाँ Safari पनि सार्वजनिक गरेको छ, जसमा ADAS, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन्। यसको मूल्य रु. १२,१९९,००० बाट सुरु हुन्छ।

 
बुधबार, ०४ भदौ २०८२, ११ : ५०

प्रतिक्रिया