काठमाडौं- भेष्पा अप्रिलियाको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्प प्रालिले काठमाडौंको बौद्ध, पिपलबोटमा नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ।
कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार नयाँ सेन्टरमा अत्याधुनिक उपकरण र अनुभवी प्राविधिकमार्फत ग्राहकलाई भरपर्दो र प्रभावकारी सेवा प्रदान गरिनेछ। यससँगै ग्राहकले स्कुटर मर्मत, सर्भिस तथा स्पेयर पार्ट्सको सुविधा एउटै छानामुनि सहज रूपमा पाउनेछन्।
कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउनेछ। भेष्पा अप्रिलियाका ग्राहकहरुले अब आफ्नो स्कुटरको मर्मतका लागि सहजै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। कम्पनीले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ र यो नयाँ सेन्टरले ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने महतोले जानकारी दिए।
नयाँ सर्भिस सेन्टरले काठमाडौं उपत्यकासहित आसपासका भेष्पा अप्रिलिया स्कुटरधारकलाई समयमै सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ।
प्रतिक्रिया