नाडा अटो शोमा कम्प्याक्ट ह्याचब्याक ईभी जिनपिङ लिङ्बक्स ईसी ०१ लन्च

बुधबार, ०४ भदौ २०८२, १६ : ३६

काठमाडौं- ठाकुर मोटर्स नेपालले नेपालमै पहिलोपटक सबैभन्दा सस्तो मूल्यमा सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार लन्च गरेको छ । 

चिनियाँ कम्पनी जिनपिङले निर्माण गरेको कम्प्याक्ट ह्याचब्याक ईभी  ‘नाडा अटो शो २०२५’ मा लन्च भएको हो ।

ईसी ०१ यो सेग्मेन्टमा उपलब्ध सबै कारभन्दा बढी रेन्ज दिन सक्षम गाडी हो । दुई फरक भेरियन्टमा आउने यो गाडीको बेस मोडेलमा १९.२६ किलोवाटको ब्याट्री राखिएको छ जसले करिब २४० किलोमिटर रेन्ज दिन्छ।

अर्को प्रिमियम मोडेलमा ३१.४५ किलोवाटको ब्याट्री दिइएको छ जसले ३४० किलोमिटरसम्मको यात्रा सजिलै गर्न सक्ने कम्पनीले जनाएको छ। दुवै मोडेलमा समान ३५ किलोवाटको मोटर राखिएको छ । यो ईभीमा एलएफपी प्रविधिको ब्याट्री प्रयोग गरिएको छ, जसले सुरक्षासहित लामो आयु दिन्छ।

‘फाइभ डोर’ भएको यो कारमा २९३ लिटरको सामान राख्ने स्पेस छ । गाडीमा भएको २०० एमएमको ग्राउन्ड क्लियरेन्सले नेपालका जस्तोसुकै सडकमा सजिलै गुड्न सक्ने क्षमता राख्ने कम्पनीको दाबी छ। गाडीको उचाइ करिब ६ फिट, लम्बाइ १२ फिट, चौडाइ ५ फिट र ह्वीलबेस ८ फिटको छ।

कम्पनीले यस गाडीको मूल्य बेस मोडेलको लागि १९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको लागि २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
 

 
बुधबार, ०४ भदौ २०८२, १६ : ३६

प्रतिक्रिया