कामना सेवा विकास बैंका ग्राहकले लेमन ट्रि प्रिमियरमा छुट पाउने

बुधबार, ०४ भदौ २०८२, १६ : ५६

काठमाडौं- कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित लेमन ट्रि प्रिमियरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पा मा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


 

 
बुधबार, ०४ भदौ २०८२, १६ : ५६

प्रतिक्रिया