काठमाडौं- महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५०.०३ करोड पुगेको छ । बैंकको लाभाशं वितरण क्षमतामा वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्म बैंकले रु. ५६.२२ अर्ब निक्षेप संकलन गर्दै रु. ४५.८५ अर्ब कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात ४.८६ प्रतिशत रहेको छ ।
बैंकको कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो ।
बैंकको आधार दर ६.५४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया