प्रभु बैंकमा आबद्धले माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकमा छुट पाउने

विहीबार, ०५ भदौ २०८२, ११ : २८

काठमाडौं प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका, वडा नं २७, तालचोक, कास्की स्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उक्त पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । 

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवार सदस्य तथा ग्राहकहरुले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर गरेका हुन्।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् ।

 
विहीबार, ०५ भदौ २०८२, ११ : २८

प्रतिक्रिया