काठमाडौं- नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले यस वर्षको NADA Auto Show २०२५ मा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल Xpres-T EV का प्रमुख फ्लिट पार्टनर हरूलाई विशेष सम्मान प्रदान गरेको छ।
कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरन लाई सम्मान गरिएको हो। उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि यो सम्मान गरिएको हो।
Xpres-T EV विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो। स्वरोजगारी प्रवर्द्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ।
टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ लिन सिप्रदी ट्रेडिङले अटोप्रमीहरुलाई आमन्त्रण गरेको छ ।
प्रतिक्रिया