काठमाडौं– नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेहिकल (ईभी) फोर्थिङ फ्राइडे ले “फ्राइडे टु फ्राइडे, २०२५ –२०३०” नामक पाँच वर्षे विशेष योजना सार्वजनिक गरेको छ।
यस योजनाले ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्दछ। नेपालमा फोर्थिङ फ्राइडे ईभी लाई लक्ष्मी ई–मोबिलिटी प्रालि, लक्ष्मी समूहअन्तर्गतको आधिकारिक वितरकले बजारमा ल्याएको हो।
फ्राइडे टु फ्राइडे स्किमअन्तर्गत ग्राहकहरूले पाउने सुविधा:
लक्ष्मी ई–मोबिलिटी प्रालिका अनुसार फ्राइडे टु फ्राइडे अफर हाम्रो ग्राहकहरूको लागि ईभी स्वामित्वलाई अझ फाइदाजनक बनाउन तयार गरिएको हो। हामी विश्वास गर्छौं, यस कदमले ग्राहकहरूको विश्वास बढाउनेछ र नेपालमा दिगो गतिशीलताको व्यापक स्वीकृति प्रोत्साहन गर्नेछ।
यस अफरसँगै, फोर्थिङ फ्राइडे ले आफूलाई नवप्रवर्तन, सुरक्षा, र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम ईभी ब्रान्डको रूपमा स्थापित गरेको छ।
लक्ष्मी ई–मोबिलिटी प्रालि, लक्ष्मी समूहअन्तर्गतको एक कम्पनी हो, जसले नेपालमा फोर्थिङ फ्राइडे ईभीको आधिकारिक वितरण गर्छ। कम्पनीले नेपाली बजारका लागि नवप्रवर्तनात्मक, वातावरणमैत्री, र भविष्य–उन्मुख गतिशीलता समाधान ल्याउने प्रतिबद्धता बोकेको छ।
प्रतिक्रिया