काठमाडौं– नाडा अटो शो २०२५ ले यसपटक फेरि ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष केवल ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन । मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा दर्शकको आगमन अझै बढ्ने अपेक्षा आयोजक नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गरेको छ ।
नाडाका अध्यक्ष करण चौधरीले यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिएको बताउँदै नेपाललाई अटामोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउने आत्मविश्वास थप मजबुत भएको जनाए ।
उनले भने,‘यसले हाम्रोअपेक्षा अझ उचालिएको छ, नेपाललाई अटामोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।’
साथै उनले नाडा अटो शो सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका छन् । उनले भने, ‘यस ऐतिहासिक सफलतामा योगदान पुर्याउनुभएका सबैप्रदर्शक, प्रायोेजक , सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हादिर्क आभार व्यक्त गर्दछौं । नाडा अटो शो अब केवलप्रदर्शनी मात्र होइन, योनवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव हो । ’
प्रतिक्रिया