२ जलविद्युत आयोजनाका लागि वित्तीय सहजिकरण गर्न सानिमा बैंक एजेन्ट बैंक नियुक्त

शुक्रबार, ०६ भदौ २०८२, ११ : ५२

काठमाडौँThe Export and Import Bank of China (CEXIM)  बैंकले सनिमा बैंक लिमिटेड लाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रा.लि ¬(१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि (१२० मेघावाट)¬–१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण÷मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट (AGENT) बैंक नियूक्त गरेको छ ।

CEXIM बैंकको चिन स्थीत Sichuan शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र (CEXIM)  बिच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको हो । सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फवाट प्रमुख निक्षेप अधिकृत श्री हेम राज सञ्ज्याल र CEXIM को तर्फवाट Sichuan शाखाकी उपाध्यक्ष Ms. Wu Yanhui ले हस्ताक्षर गर्नूभएकी हुन् ।

कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डे, CEXIM बैंक Sichuan शाखाका अध्यक्ष Mr. Chen ShengrongSGIC इन्टरनेशनलका अध्यक्ष Mr. Liao Bin समेतको उपस्थिति रहेका थिए ।

यी परियोजना सफल बनाउन हाल सम्मकै ठुलो परिमाणमा चाईनिज मुद्राको अन्र्तरदेशीय कारोवार नेपालमा भित्राउन सानिमा बैंक सफल भएको छ र यस्ता कार्यले आगामी दिनमा बैंकको कार्य क्षमता बढ्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सानिमा बैंकको साख बृद्धिहुने तथा देशको दिगो बिकासमा महत्वपूर्ण टेवा पुर्‍याउने देखिन्छ ।

शुक्रबार, ०६ भदौ २०८२, ११ : ५२

प्रतिक्रिया