वरिष्ठ क्याप्टेन विजय लामा जेवाई एयर ईभीको ब्राण्ड एम्बासेडर नियुक्त

शुक्रबार, ०६ भदौ २०८२, १६ : ४९

काठमाडौंं– एलआरआर मोटर्स्ले आज वरिष्ठ क्याप्टेन विजय लामासँग साझेदारीको घोषणा गर्दै उनलाई एभियसन–थीममा आधारित जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का लागि ब्राण्ड एम्बासेडर नियुक्त गरेको छ ।

नाडा अटो शोको चौथो दिनमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रमलाई विमाननको सुरक्षा र प्रविधिलाई नेपाली सडकमा दिगो गतिशीलतासँग जोड्ने एक महत्वपूर्ण कदमका रूपमा लिएको कम्पनीले जनाएको छ । 

कार्यक्रममा एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने,“आजले हामी केवल साझेदारीमा प्रवेश गरेका मात्रै हैनांै, बरु एउटा बृहत दूरदृष्टिलाई उजागर गरेका छौं। जेवाई एयर ईभीले विमान प्रविधिबाट प्रेरित नवप्रवर्तन, सुरक्षा र दिगोपनाको प्रतिनिधित्व गर्छ।”

वरिष्ठ क्याप्टेन विजय लामाले जेवाई एयर ब्राण्डले अँगालेका विश्वास, अनुशासन र उत्कृष्टताको प्रतिनिधित्व गर्ने विश्वास ब्यक्त गरे । वरिष्ठ क्याप्टेन विजय लामाले जेवाई एयरको संलग्नतामार्फत उडानको आत्मालाई सडकमा ल्याउन पाउँदा उत्साहित भएको बताए ।

“जेवाई एयर ईभी केवल एउटा कार मात्र होइन—यो पाङ्ग्रामा ल्याइएको विमान हो, जसमा सुरक्षा, अनुशासन र प्रविधिका उस्तै मूल्यहरू समावेश छन्। म नेपाली चालकलाई सफा र स्मार्ट गतिशीलता अपनाउन प्रोत्साहित गर्न उत्सुक छु, र यो यात्रामा एलआरआर मोटर्ससँग संलग्न हुन पाउँदा गर्वित छु” उनले भने । 

यस सहकार्य मार्फत, एलआरआर मोटर्सले नेपालमा ड्राइभिङलाई पुनः परिभाषित गर्दै विमाननको सुरक्षा र विलाशितालाई विद्युतीय सवारीसाधनको नवप्रवर्तनसँग मिसाएर दिगो, आकर्षक र भविष्यउन्मुख गतिशील समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ।

एलआरआर मोटर्स नेपालमा जेवाई एयर ईभीको आधिकारिक आयातकर्ता र वितरक हो । कम्पनीले प्रविधि, दिगोपना र कार्यक्षमता संयोजन गरेर वातावरणमैत्री र नवप्रवर्तनशील गतिशील समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
 

 
शुक्रबार, ०६ भदौ २०८२, १६ : ४९

प्रतिक्रिया